ओटीसी मार्केटमा करिब ४ अर्बको सेयर कारोबार, वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजारमाथि
काठमाण्डौ । ओभर दि काउण्टर (ओटीसी) मार्केटमा करिब ४ अर्बको कारोबार भएको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म ओटीसी मार्केटमा ३ अर्ब ७० करोड ३० लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरुको सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट...