बुधबार, असार १८,२०८२ 08:52:31
  • बुधबार, असार १८,२०८२ 08:52:31
Global IME Bank Limited

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

Hyundai Nepal
ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो । 

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । तर, त्यो फाइल लामो समयसम्म अर्थमन्त्रालयमै अड्किएको थियो । अर्थमन्त्रालयको अन्तिम स्वीकृति पछि सेबोनको सञ्चालक समितिको निर्णयानुसार आजदेखि ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन हुन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नयाँ व्यवस्था अनुसार अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।  

सेयर लगानीकर्ताले यसअघि भने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०।२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.