तीन बीमा कम्पनीको सेयरमूल्यमा अपर सर्किट, हिमालयन रि को सर्वाधिक कारोबार
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच हुँदा २७ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...