सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित
काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ । सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट...