सूर्योदय वोमी लघुवित्तको एफपीओमा अचाक्ली आकर्षण, पर्यो ४०५ गुणा बढी आवेदन
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा लगानीकर्ताको अचाक्ली आकर्षण देखिएको छ । निष्कासन भएको तेस्रो दिनसम्म संस्थाको एफपीओमा ४०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १२ लाख ८८ हजार ८१८ आवेदकहरुबाट १ अर्ब ९० करोड रुपैयाँबराबरको १ करोड ८९ लाख ३१ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।