बुधबार, असार १८,२०८२ 08:47:21
  • बुधबार, असार १८,२०८२ 08:47:21
Global IME Bank Limited

मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’

Hyundai Nepal
मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हरेर आर्थिक वर्ष सकिएपछि म्रौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । शुक्रबार सेयर लगानीकर्ताहरुले ब्यग्र प्रतिक्षा गरेको म्रौद्रिक नीति नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको छ ।  

सत्ता समीकरणमा फेरबदलसँगै आउने मौद्रिक नीतिबाट सेयर लगानीकर्ताहरुले लचक व्यवस्थाको अपेक्षा गरेका थिए । तर आज सार्वजनिक भएको म्रौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई खासै उत्साहित बनाएन ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल इन्भेष्टर्स फोरमका उपध्यक्ष राजन लम्सालले म्रौद्रिक नीति लगानीकर्ताको अपेक्षाअनुसार नआएको बताए । उनको विचारमा लगानीकर्ताहरुले खासगरी तीनवटा मुख्य माग राखेका थिए । जसमा पहिलो भनेको व्यक्तिगततर्फको सेयर धितो कर्जाको १५ करोडको क्याप हट्न भन्ने थियो । दोस्रो, संस्थागततर्फको सेयर धितो कर्जाको पनि क्याप हट्ने भन्ने थियो । तेश्रो माग भनेको सेयर धितो कर्जाको जोखिमभार घटोस् भन्ने थियो । ‘आजको म्रौद्रिक नीतिले संस्थागतलाई बाहेक व्यक्तिगततर्फ खासै केही छोएन । यद्यपि संस्थालाई क्याप हटाउने विषय राम्रै हो । विगतभन्दा आशा गर्ने ठाउँ भने मौद्रिक नीतिले बनाइदिएको छ ।’ उनले भने ।

बजार जानकार मुक्ति अर्यालले पनि म्रौद्रिक नीति सेयर लगानीकर्ताका लागि अपेक्षा गरेजस्तो नआएको प्रतिक्रिया दिए । ‘अहिलेसम्मका लागि लचक हो, तर व्यक्तिगत लगानीकर्ताका लागि भने १५ करोडको क्याप नहट्नु भनेको अझै राष्ट्रबैंक बजारमैत्री देखिँदैन भन्ने प्रमाण पनि हो ।’ उनले थपे ।

अर्यालको विचारमा निर्माण व्यवसायी र बैंकका लागि भने म्रौद्रिक नीति लचक भएको उनको तर्क रहेको छ । यद्यपि सबै क्षेत्र चलायमान हुँदा भने सेयर बजार पनि चलयमान हुने अर्यालको आँकलन छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.