नेप्सेमा २७ महिनापछि कै बुलिस क्याण्डल, कस्तो रहला अबको यात्रा ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २४२४.३२ विन्दुमा बन्द भएको बजार यो साता २५६८.१३ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १४३.८१ अंकको बढोत्तरी आयो ।अघिल्लो साता बजारमा करिब २१९.७१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च ७३.०७ अर्बको कारोबार भयो । यो...