बुधबार, असार १८,२०८२ 11:22:58
  • बुधबार, असार १८,२०८२ 11:22:58
Global IME Bank Limited

साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा

Hyundai Nepal
साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा
Nabil Bank Limited

काठमाण्डौ । डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टीएमएस लाइभ जाने तयारी गरेको छ । यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सी पछि अन्नतः लगानीकर्ताहरुले नयाँ टीएमएस चलाउन पाउने निश्चित भएको छ ।  

डीजी हबका सञ्चालक तथा नयाँ टीएसएका नेतृत्व गरिरहेका राजन घिमिरेले आगामी साउनदेखि नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिएका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

उनका अनुसार अहिले नेप्से र ब्रोकरहरुमा डेमो कारोबार भइरहेको छ । खासगरी सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट काम भइरहेको छ ।  

'साउन १ गतेदेखि नै हरेक दिन एक एक ब्रोकर थप गरेर लाइभ जाने छौ । हामीसँग अहिले नयाँ तथा पुराना गरी ३६ वटा ब्रोकर कम्पनी जोडिएका छन् ।' उनले बिजशालासँग भने-'नयाँ टीएसमएसमा धेरै नयाँ फिचरहरु रहेका छन् । जसमा मोबाइल एपबाट नै सेयर किनबेच गर्न सकिनेछ ।'  

नयाँ टिएमएसको डेक्सटप भर्जन पनि एड्भान्स रहेको उनले जानकारी दिए ।  

बजारमा कारोबार हुँदा नै स्टकहरुको मूभमेन्टदेखि नेप्सेको चार्ट पनि हेर्न सकिने सुविधा समेत उपलब्ध छ । अब लगानीकर्ताहरुले नेप्सेको चार्ट हेर्न छुट्टै पोर्टलमा जानुपर्ने छैन ।  

एकैपटक मल्टिपल विण्डो पनि खोल्न सकिनेछ । यसको साथै ब्रोकरहरुले टीएमएसबाट नै ब्राण्डिङ पनि गर्नसक्ने छन् । आफ्ना ग्रहाकहरुसँग टीएमएसबाट नै कुराकानी पनि गर्नसक्ने छन् ।  

घिमिरेले सीडीएसीसँग समन्वय गरेर क्लोजआउटको समस्या पनि कम गर्ने गरी सेटअप तयार गर्ने काम भइरहेको बताए ।  

अहिले चलिरहेको टीएमएसमा बग्रेल्ती समस्या र लगानीकर्ताको असन्तुष्टि देखिएपछि ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । २०७७ साल माघ महिनामा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले एपीआई पोलिसी पास गरेर नयाँ टीएमएस ल्याउने ढोका खोलिदिएका थिए । प्रक्रिया सुरु भएको ४ वर्ष पूरा भएपछि मात्र नयाँ टिएमएस आउने निश्चित भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.