६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति
काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो ।