प्रिओपन सेसनमा नेप्सेमा उछाल, आज के होला बजार ?
काठमाण्डौ । सेयर बजार आज पनि बुम हुने संकेत देखिएको छ । प्रिओपन सेसनमा नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । हिजोको तुलनामा प्रिओपन सेसनमा आज नेप्से अझ धेरै अंकले बढेको हो । एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेल आउने सम्भावना बढेपछि लगानीकर्ताले उत्साहित भई खरिदारी बढाउँदा आज पनि बजारमा उछाल आउने अवस्था देखिएको हो...