प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो बजार, लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आउने सम्भावना
काठमाण्डौ । नयाँ सत्ता गठबन्धन बनेको खबरले सेयर लगानीकर्तामा उत्साह भरिएको देखिएको छ । फलस्वरुप सेयर बजार प्रिओपन सेसनमै दोहोरो अंकले बढेको छ । अर्थमन्त्रीको रुपमा वर्षमान पुन वा विष्णु पौडेलमध्ये एकजना आउने चर्चाका बीच लगानीकर्तामा उत्साह देखिएको हो । यही कारण प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढेको छ ।