नेपाल वेयरहाउजिङको लक इन अवधि समाप्त
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते समाप्त भएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुगेको छ ।