नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक विषय मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.६४ प्रतिशत अर्थात ४६.३३ अंकले घटेर २ हजार ७७२.१० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड २६ लाख ९१ हजार ४५३ कित्ता...