नेप्सेमा झिनो गिरावट, कारोबार पौने ६ अर्बमा सीमित
TRENDING
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार ६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमध्ये बैंकले १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्रीमा राखिएकोमा आवेदन नपरेको उक्त सेयर असार २४ गतेदेखि पुनः बिक्री गर्न लागेको हो । यो सेयर सर्वसाधारण समूहको लकइनमा नरहेको सेयर हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी...
काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ । आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा...
काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेको छ ।
काठमाण्डौ । हिमालयन पावर पाटर्नर २०६१ सालमा एनआरएनद्धारा स्थापित कम्पनी हो । यो कम्पनीमा सन् २०१३ मा एनआरएन इन्फास्टक्चर इन्भेष्टमेन्ट कम्पनी सामेल गरेर पब्लिक लिमिटेड कम्पनी भएको थियो । कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाटको दोर्दी खोलो निमार्ण गरेको छ । आधारभूत पक्ष यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती खातामा लगानी गर्ने भएको छ । सेबोनले अक्षय कोषको रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्न लागेको हो । असार १ गते प्रकाशित सूचना अनुरुप सम्पूर्ण रकम लगानीको लागि प्रस्ताव प्राप्त नभएकोले पुनः आफूले दिन सक्ने एक वर्षे व्याज दर सहित इच्छुक ‘क’बर्गका बैंकले प्रस्ताव पेश...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१८...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब...
काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘रिलायबल समृद्धि योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । आज सोमबार नेप्सेमा रिलायबल समृद्धि योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड इकाई सूचिकृत भएको हो ।
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राई नियुक्त भएकी छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ । यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो । आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड(को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २४ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा होटलकै सभाकक्षमा बिहान ९ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर...
काठमाण्डौ । साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब ३३ अंकले घट्यो । यो सँगै नेप्सेमा आज बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार तल्लो ब्याण्ड संगै हिड्न थालेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.