आईपीओ निश्कासन प्रक्रिया छोट्याउने गृहकार्यमा सेबोन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीहरुको साधारण सेयरको प्राथमिक निश्कासन(आईपीओ)को प्रक्रियालाई छोट्याउने गृहकार्य थालेको छ । धेरै कम्पनीहरुको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृतिलाई पनि तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोट्याउने गृहकार्य थालेको हो ।