दोर्दी खोला जलविद्युतको ८४.१२ लाख कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुने
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त हुन लागेको हो । उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।...