म्याक्डीमा बुलिस क्रस बन्दै गरेको बजारको ५० दिने मुभिङ एभरेजमा प्रतिरोध
काठमाण्डौ। दिनभर सामान्य अंकले तल माथि गर्दै गरेको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बिस्तारै सम्हालिएर बुलिस बन्दै गरको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डभन्दा माथि चलेको देखिन्छ । तर अपर ब्याण्ड सँगै हिड्न सकेको अवस्था छैन । त्यसैगरि, म्याक्डीबाट नियाल्दा केही समय पहिले नै बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका...