‘सबैभन्दा तीव्र आक्रमण आज हुनेछ’– इरानबारे अमेरिकी रक्षामन्त्रीको सनसनीपूर्ण बयान
काठमाण्डौ । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथ (Pete Hegseth) ले इरानविरुद्ध चलिरहेको युद्धमा आजसम्मकै सबैभन्दा तीव्र सैन्य आक्रमण हुन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा “आज इरानमाथि हुने आक्रमण यस युद्धकै सबैभन्दा तीव्र दिन हुनेछ” भन्दै अमेरिकी सैन्य अभियान अझ तीव्र हुने संकेत दिएका हुन्।

