तेल बजारमा ‘वार प्रिमियम’, १५० डलर पार गर्ने प्रक्षेपण
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र आपूर्ति अवरोधको जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पछिल्ला दिनहरूमा तीव्र रूपमा बढेको हो।अन्तर्राष्ट्रिय कारोबारमा मंगलबारसम्म ब्रेन्ट क्रुड करिब ८३ देखि ८५ अमेरिकी डलर प्रति ब्यारेलको हाराहारीमा पुगेको छ भने अमेरिकी डब्ल्यूटीआई (WTI) पनि करिब ७६ देखि ७७ डलर नजिक...

