इजरायली हमलामा इरानका १४ वैज्ञानिकको मृत्यु, कति प्रभावित होला इरानको आणविक कार्यक्रम ?
काठमाण्डौ । इजरायली आक्रमणमा परी कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकको मृत्यु भएको जनाइएको छ । यो आक्रमणले आणविक कार्यक्रम जारी राख्न इरानलाई पछाडि धकेल्ने भए पनि रोक्न नसक्ने विज्ञहरूले बताएका छन् । फ्रान्सका लागि इजरायलका राजदूत जोशुआ जरकाले वैज्ञानिकहरूको मृत्यु र इजरायली र अमेरिकी आक्रमणबाट बचेको आणविक संरचना र सामग्रीले इरानलाई हतियार बनाउन लगभग असम्भव बनाउने...