पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको छ : इरानी सैन्य अधिकारी
काठमाण्डौ । इरानका उच्च सैनिक अधिकारीले पाकिस्तानले इजरायलमाथि आणविक बमले हमला गर्ने प्रतिवद्धता जनाएको बताएका छन् । इरानका उच्च सैनिक अधिकारी मोसेन रिजाइले यदि इजरायलले इरानमाथि आणविक हमला गरे त्यसको प्रतिउत्तरमा पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको बताएका हुन् । उनले इरानको सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिदै यस्तो बताएका हुन् ।