बुधबार, असार १८,२०८२ 11:32:02
  • बुधबार, असार १८,२०८२ 11:32:02
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २० औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २९ गते काठमाण्डौको बालुवाटरमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्याका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकलेपुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.