सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ ।

