बुधबार, असार १८,२०८२ 11:27:42
  • बुधबार, असार १८,२०८२ 11:27:42
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज बजार १.७६ अंक अर्थात ०.०८ प्रतिशतले घटेर २ हजार ३३.०६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु)भन्छन्,‘बजार पछिल्लोपटकको बढोत्तरीबाट ५० प्रतिशत करेन्सन भईसकेको छ । यस हिसाबले बजार बलियो सपोर्ट जोनमा छ । अहिले अल्पकालिन ट्रेडरहरु प्रवेश गर्न सक्ने समय हो ।’

CG Motors
Muktinath Bikas Bank Limited

अब बन्ने क्यानडल बुलिस बनेमा बजारले पुनःमाथिको यात्रा तय गर्ने थापा बताउँछन् ।  

अर्का बजार जानकार महेश रिजाल बजार बढ्नलाई गुड न्यूज आवश्यक रहेको बताउँछन् । ‘अहिले सकारात्मक र नकारात्मक केहि पनि छैन । त्यसैले बजार केहि समय साइडवेज जान सक्छ ।’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै वृद्धि देखियो भने अन्य सबै समूहमा भने रातो पोतियो । आज अन्य समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.१० प्रतिशतले बढ्यो ।  

त्यस्तै विकास बैंक समूह ०.२५, वित्त ०.७२ उत्पादन तथा प्रशोधन ०.७१ र लगानी ०.१८ प्रतिशतले बढे ।  

आज बैंकिङ समूह ०.४२,होटल ०.१८,हाईड्रो ०.३१,जीवन बीमा ०.४१,लघुवित्त ०.७४,म्युचुअल फण्ड ०.०५ र निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै साना किसान लघुवित्तको १२ करोड ४० लाख, जोशी हाईड्रोको ८ करोड २० लाख,ङादी ग्रुप पावरको ६ करोड ४ लाख र दोर्दीखोलाको ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्दै सकारात्मक सक्रिट लाग्यो ।  

यो दिन पिपुल्स पावरको सेयरमूल्य ७.९२ प्रतिशत र हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।  

आज ग्रिन लाइफ हाईड्रोको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सक्रिट लागेको छ । आज किसान लघुवित्तको सेयरमूल्य ७.७१ प्रतिशत,खानीखोला हाईड्रो ४.८३,आशा लघुवित्त ४.५७ र सामलिङ पावरको सेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.