बुधबार, असार १८,२०८२ 10:49:41
  • बुधबार, असार १८,२०८२ 10:49:41
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘ब्याजदर बढ्ने हल्लाले घट्यो बजार’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘ब्याजदर बढ्ने हल्लाले घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २०.७६ अंक अर्थात १.०२ प्रतिशतले घटेर २ हजार ५.८३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३५९.५७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्‘बजारमा आज बैंक सम्बन्धी केहि अफवाहले बजार घट्न पुगेको छ । आज दिनभर बजार थामिएको थियो । तर अन्तमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने समाचारले बजार घट्न पुगेको हो । ’

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार उपेन्द्र पाठकले बजार घटिरहेको अवस्थामा लाभ करेको विषयले पुनःबजार घट्न पुगेको बताए । ‘एउटा अर्थमन्त्री आउँदा छुट दिने र अर्को मन्त्री आउँदा कर लगाउने जस्ता कार्यले बजार प्रभावित भएको छ । उद्योग व्यवसायीलाई पनि फसाइएको छ ।’

आज अन्तिम प्रहरमा ब्याज बढ्ने समाचारले बजार घटेको उनले बताए । यद्यपी यो पुरानै कुरा भएको र आजको घटाई नै अन्तिम हुने पाठक बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । आज वित्त समूह ०.३३ र उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशतले बढे ।  

बैंकिङ समूह ०.९६ प्रतिशतले घटेको आज विकास बैंक ०.८७,होटल १.४८,हाईड्रोपावर १.९०,लगानी १.५४,जीवन बीमा १.०७,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा १.४६,अन्य ०.९० र व्यापार समूह ०.६० प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज यो  कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै गोखार्ज फाइनान्सको १४ करोड १ लाख,जोशी हाईड्रोपावरको ८ करोड ९३ लाख,एनआईशी एशिया बैंकको ६ करोड ४० लाख र ङादी ग्रुप पावरको ६ करोड २४ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशत,जोशी हाईड्रोपावरको ९.८७ र सामलिङ पावरको सेयरमूल्य ९.८५ प्रतिशतले बढ्यो ।  

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ८.२४ प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ५.७३ प्रतिशतले बढेको छ ।  

आज हिमालयन उर्जा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आ यो कम्पनीको लगानीकर्ताले ७.६० प्रतिशतले गुमाए ।  

त्यस्तै बाराही हाईड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशत,पिपुल्स पावर ६.२६,अपर साङगे ५.१३ र राँवा इनर्जीको लगानीकर्ताले ५.०८ प्रतिशतले गुमाएका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.