बुधबार, असार १८,२०८२ 10:25:21
  • बुधबार, असार १८,२०८२ 10:25:21
Global IME Bank Limited

३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’

Hyundai Nepal
३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । 

आज बजार २६.८१ अंक अर्थात १.३३ प्रतिशतले घटेर १ हजार ९७९.०२ बिन्दुमा झरेको छ । यससँगै बजार तीन महिनापछि २ हजार बिन्दु तल झरेको छ ।  

यसअघि बजार २०२३ को डिसेम्बर १३ मा २ हजारको बिन्दुमा रहेको थियो ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ३५३.८३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१७ वटा कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,‘अहिले बजारमा खासै राम्रो समाचार प्रवाह हुन सकिरहेको छैन । सरकारप्रति लगानीकर्ताको अविश्वास बढ्दै छ । करको विषयले पनि बजारमा बिक्री दवाब परेको छ । ठूला कम्पनीको आईपीओ लिस्टिङ भएर बजारबाट पैसा बाहिर गयो । ’

CG Motors
Muktinath Bikas Bank Limited

यहि कारणले लगानीकर्ताको मनोबल खस्कँदा बजार घट्न पुगेको रिजाल बताउँछन् ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट पनि करकै विषयमा बजारमा अन्यौलता रहँदा बजार घट्न पुगेको बताउँछन् । ‘बैकका विषयमा केहि अफवाह फैलँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । तर बजार अब २०–३० अंकभन्दा तल भने जादैन ।’-उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । आज यी समूह क्रमशः १.४० र ०.८० प्रतिशतले बढे ।  

आज हाईड्रो समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । हाईड्रो समूह २.४२ प्रतिशतले घटेको आज बैंकिङ १.६३, विकास बैंक १.०६, होटल १.५३, लगानी १.८६, जीवन बीमा ०.५३, लघुवित्त १.३४, म्युचुअल फण्ड ०.३१, निर्जीवन बीमा ०.५७ र अन्य समूह १.४३ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । सन नेपाल लाइफको आज २५ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  बम्पर लाभांशसँगै हकप्रदको समेत प्रस्ताव गरेको यो कम्पनीमा लगानीकर्ताको विशेष आकर्षण देखियो । 

यस्तै जोशी हाईड्रोको ११ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ११ करोड १ लाख, गोर्खाज फाइनान्सको १० करोड ७५ लाख र ङादी पावर ग्रुपको ८ करोड ३७ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनी

१० प्रतिशतले सेयरमूल्य बढेको बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्यमा मात्रै आज सकारात्मक सर्किट लाग्यो । यो दिन चिरख्वा हाईड्रोपावरको ८.५५ प्रतिशत, धौलागिरी लघुवित्त ६.६६, गोर्खाज फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ५.०४ प्रतिशतले वृद्धि भएको छ ।  

आज समाज लघुवित्त र मोलुङ हाईड्रोपावरको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको गिरावट आएको छ । यससँगै यी कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

यसैगरी आज सामलिङ पावरको सेयरमूल्य ९.२१ र जोशी हाईड्रोपावरको सेयरमूल्य ७.७७ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.