मंगलवार, पुष १,२०८२ 11:35:43
Bizshala
  • मंगलवार, पुष १,२०८२ 11:35:43
Bizshala
Global IME Bank Limited
Bizshala

भारतमा २ सय करोडमाथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य

Hyundai Nepal
भारतमा २ सय करोडमाथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
Shivam Cement

काठमाण्डौ । भारतस्थित दिल्लीको प्रगति मैदानमा गत मार्च ४ देखि ८ सम्म साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ हिजो मार्च ८ गते समापन भएको छ ।  उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फुड्स एण्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू ‘आहार’ ट्रेड फेयरमा राखेको थियो ।  

प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको कम्पनीले जनाएको छ ।

CG Motors
Garima Development Bank
Bizshala

यस्तै केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउदो बजार मूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ज्याकपट ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्र्तकृया समेत सम्पन्न गर्न सफल भएको समेत कम्पनीले उल्लेख गरेको छ ।  

सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेस गरेका छन् भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ—आफ्नो प्रस्तावहरू पेस गरेका छन् । ‘आहार’ ट्रेड फेयरमा प्राप्त भएकोयो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउदो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नूडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.