बुधबार, असार १८,२०८२ 06:29:42
  • बुधबार, असार १८,२०८२ 06:29:42
Global IME Bank Limited

विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात

Hyundai Nepal
विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को ६ महिनामा १५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड नाफा कमाएको हो । 

जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । यो नाफा कर कट्टीअघिको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राधिकरणले ६ महिनामा विद्युत् बिक्री तथा ब्याजमार्फत ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ । यो आम्दानीमध्ये भारतमा विद्युत् निर्यात गरेर १३ अर्ब ३८ करोड ५६ लाख आम्दानी गरेको छ । देशभित्रै विद्युत् बिक्री गरेर प्राधिकरणले ४५ अर्ब ४९ करोड ३८ लाख आम्दानी गरेको छ ।  

प्राधिकरणले विद्युत् आयात तथा खरिदका लागि ५१ अर्ब ९२ करोड ७१ लाख खर्च गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत् आयात गरेको छ ।  समीक्षा अवधिमा प्राधिकरणले निजी आयोजनाबाट २८ अर्ब ४९ करोड ९६ लाखको विद्युत् खरिद गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.