काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा थप १ हजार ४० मेगावाट बिजुली थप्ने लक्ष्य लिएको छ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
यसमध्ये ६७० मेगावाट निर्माणाधीन जलविद्युत आयोजनाबाट र ३७० मेगावाट सौर्य उर्जाबापत उत्पादन हुनेछ । योसँगै मुल जडित क्षमाता ५ हजार ३३५ मेगावाट हुने उनले बताए ।

