बुधबार, असार १८,२०८२ 10:34:36
  • बुधबार, असार १८,२०८२ 10:34:36
Global IME Bank Limited

बजारमा दोहोरो अंकको गिरावट,कारोबार बढ्दा जोशी हाईड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
बजारमा दोहोरो अंकको गिरावट,कारोबार बढ्दा जोशी हाईड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंक अर्थात १.४३ प्रतिशतले घटेर १ हजार ९७२.०९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले घटेर ३५१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन,‘सीआईबीले बैंकहरुलाई पक्राउ गरेपछि लगानीकर्तामा त्रासको वातावरण सिर्जना भएको छ । लगानीकर्ताले असुरक्षित महशुस गरेका छन् । ’

CG Motors
Muktinath Bikas Bank Limited

बैंकिङ सेक्टरको सेयर धेरै खसेपछि मार्जिक कलको सम्भावना पनि देखिएको उनले बताए । लगानीकर्ताले सरकारको उपस्थिती महशुस गर्न नसकेकाले बजार घटिरहेको पाठक बताउँछन् । सरकारले पूँजी बजारमा विश्वासको वातावरण बनाउनु्पर्ने र लगानीकर्ताको मनोबल बढाउनुपर्नमा उनको जोड छ ।  

अर्का बजार जानकार दामोदर गजुरेल पनि बैंकरहरु समातिएपछि लगानीकर्ताको मनोबल खस्किएको बताउँछन् । आज बजार घट्दा कारोबार बढेकाले केहि प्यानिक सेल आएको उनको बुझाई छ । यद्यपी प्राविधिक रुपमा भने बजार सपोर्ट जोनमा नै रहेकाले केहि करेक्सन भएर बजार फर्कन सक्ने पनि गजुरेल बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै वित्त समूहमा गिरावट आएको छ । वित्त समूह ३.२१ प्रतिशतले घटेको आज बैंकिङ ०.८८,विकास बैंक १.६४,होटल २.२७,हाईड्रो २.६२,लगानी १.५३,जीवन बीमा १.३२,उत्पादन तथा प्रशोधन ०.४६,लघुवित्त १.२८,म्युचुअल फण्ड ०.३६,निर्जीवन बीमा ०.७०,अन्य १.४६ र व्यापार समूह २.५१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ११ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

त्यस्तै जोशी हाईड्रोपावरको १० करोड १४ लाख,हिमालयन रिको ८ करोड ३ लाख,हाथवे इन्भेष्टमेन्टको ६ करोड ५९ लाख र शिवम सिमेन्टको ५ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु) र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.८६ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्तको सेयरमूल्य ३.९८र समाज लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले बढेको छ ।  

आज जोशी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । यो दिन अपर स्याङगे हाईड्रोको सेयरमूल्य ८.६२,मोलुङ हाईड्रोपावरको ८.०१ र इंवा हाईड्रोपावरको सेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.