बुधबार, असार १८,२०८२ 10:23:47
  • बुधबार, असार १८,२०८२ 10:23:47
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘आईपीओको पैसा फिर्ता भएपछि बढ्छ बजार’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘आईपीओको पैसा फिर्ता भएपछि बढ्छ बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ११.७८ अंक अर्थात ०.५९ प्रतिशतले घटेर १ हजार ९६०.३० विन्दुमा झरेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ३४९.७३१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता सेयर २ अर्ब ८ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘प्रायजसो सेयरबजारमा आइतबार केहि बिक्री दवाब पर्ने गर्छ । त्यसैले आज बढ्न खाजेको बजार अन्त्यमा आएर बढ्न सकेन । बजारमा अझै २०–३० अंक घटेर पुलब्याक आउन सक्छ ।’

दीर्घकालका लागि भने अहिले लगानी गर्ने उपयुक्त समय रहेको रिजाल बताउँछन् । रिजालका अनुसार सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी भएको १९ अर्ब रुपैयाँ बजारमा फिर्ता भएपछि बजार समालिन सक्छ ।  

अर्का बजार जानकार नीमानन्द कंडेलका अनुसार लगानीकर्ता गुड न्यूजको प्रतिक्षामा रहेका छन् । उनी भन्छन्,‘बजारमा मन्त्रीपरिषदको हेरफेरको चर्चा सुनिन्छ । आजको बजारको अवस्था हेर्दा लगानीकर्ता डराएको जस्तो देखिएको छ । प्रिमियमको आईपीओले बजारबाट धेरै पैसा तानेकाले बजारमा दवाब परेको छ ।’    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल र उत्पादन तथा प्रशोधन समूहमात्रै बढे । यी समूहहरु क्रमशः०.५४ र ०.६६ प्रतिशतले उकालो लागे । आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आएको छ । व्यापार समूह २.५२ प्रतिशतले घटेको आज बैंकिङ ०.६३,विकास बैंक ०.४६,वित्त ०.८०,हाईड्रो ०.८३,लगानी ०.५४,जीवन बीमा ०.९३,लघुवित्त ०.५१,म्युचुअल फण्ड ०.१४,निर्जीवन बीमा ०.५५ र अन्य समूह १.०२ प्रतिशतले ओरालो लागे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज १३ करोड २० लाख बढीको कारोबार भएको छ । यो दिन शिवम् सिमन्ेटको ९ करोड ३ लाख,हिमालयन रि इन्स्योरेन्सको ८ करोड ३० लाख,बोटलर्स नेपाल(तराइ))को ५ करोड ८८ लाख र जोशी हाईड्रोको ४ करोड ९९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

सेयरमूल्य ९.७० प्रतिशतले बढेको ग्लोबल आइ एमई लघुवित्तको सेयरमूल्यमा मात्रै आज सकारात्मक सर्किट लागेको छ । आज सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ७.८० प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ५.६९ र गणपति लघुवित्तको सेयरमूल्य २.८२ प्रतिशतले वृद्धि भएको छ ।  

आज चिरख्वा खोला हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ७.४९ प्रतिशतले घट्यो । यो दिन बिपिडब्लु लघुवित्तको सेयरमूल्य ६.७६ प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ५.६७ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.