शुक्रबार, असार २०,२०८२ 03:33:28
  • शुक्रबार, असार २०,२०८२ 03:33:28
Global IME Bank Limited

नेपाल हाईड्रो डेभलोपरको खुद नाफा ३२.२६% ले वृद्धि, वित्त खर्च ५०.७५% ले घट्यो

Hyundai Nepal
नेपाल हाईड्रो डेभलोपरको खुद नाफा ३२.२६% ले वृद्धि, वित्त खर्च ५०.७५% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.२६ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७१ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन मुनाफा ७ करोड ६९ लाख र अन्य आम्दानी ११ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च ५०.७५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १ करोड ६ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ५२ लाख ३२ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च २० लाख २ हजारबाट बढेर २४ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।  

कम्पनीको रिजर्भको आकार ८ करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको रिजर्भ कोषमा ५ करोड ८८ लाख रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी ३८ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१७.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.४९ गुणा र तरलता अनुपात १.३० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.