काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म सन्तोषजनक प्रदर्शन गरेको छ । समीक्षा अवधिसम्म संस्थाको अधिकांश सूचकमा प्रगति देखिएको छ । संस्थाले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७७.१४ प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोडबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ९ करोड ६५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले ७ करोड ५९ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ३९.७३ प्रतिशतले बढेर १९ करोड ८२ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब १४ करोड र कर्जा प्रवाह २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको तेस्रोत्रैमाससम्म ३.९० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३६.२२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १९६.९८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५२.९२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४१.३१ गुणा र तरलता अनुपात ७.३८ प्रतिशत रहेको छ ।