काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेड घाटाबाट बाहिरिएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो ।
कम्पनीले चालु आवको तेस्रो त्रैममासम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी १२ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड २४ लाख रहेको थियो । कम्पनीको प्रशासनिक खर्च २८ लाख ९३ हजार र बिक्री खर्च ४ करोड ३० लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च ५ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वित्त खर्च ७ करोड ७३ लाख रहेको थियो ।
कम्पनीको चुक्तापूँजी ४० करोड रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड २२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ६८ लाख र कुल चालु दायित्व ५ करोड ८४ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.३६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ६१.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१ गुणा र तरलता अनुपात ०.९७ प्रतिशत कायम छ ।