काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ४ करोड ६७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीमार्फत ११ करोड ६६ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.३९ प्रतिशतले कम हो । कम्पनीको अप्रत्यक्ष आम्दानी १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा १४ लाख ९५ हजार थियो ।
कम्पनीले प्रशासन व्यवस्थापनका लागि ३१ लाख ५० हजार र कर्मचारीको तलब सुविधा तथा भत्ताका लागि १० लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ६८ लाख र कुल चालु दायित्व ६१ लाख ६३ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११९.७५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५१.७७ रुपैयाँ कायम भएको छ ।