बुधबार, असार १८,२०८२ 07:10:07
  • बुधबार, असार १८,२०८२ 07:10:07
Global IME Bank Limited

सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने

Hyundai Nepal
सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने
Nabil Bank Limited

काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्काशन(आईपीओ) अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

२०७६ साल देखि कारोबार सुरु भएको यो रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ ।हाल यस रिसोर्टमा १५ वटा कोठाहरु छन् र सो संख्या वृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरु रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल यस रिसार्ट विवाह, ब्रतबन्ध, सेमिनार, गोष्टि तथा पिकनिकको लागि उपयुक्त थलो रहेको कम्पनीको भनाई छ । यहाँबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दुरीमा रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.