बुधबार, असार १८,२०८२ 12:41:53
  • बुधबार, असार १८,२०८२ 12:41:53
Global IME Bank Limited

सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?

Hyundai Nepal
सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने ४ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६४०.९६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५५.३८ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयर बजार १४.४२ अंकले बढ्यो । अघिल्लो साता बजार ५२.१ अंकले घटेको थिया । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ५० अर्ब ४१ करोडको सेयर कारोबार भयो ।  यो भनेको पछिल्लो १४ हप्ता पछिकै उच्च कारोबार हो ।  

अघिल्लो साता ४ दिनको कारोबारमा २९ अर्ब ४ करोडबराबरको सेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ९९ अर्ब रहेको थियो  ।  यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति पनि २४ अर्बले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

साप्ताहिक रुपमा नै क्याण्डल स्टिकको आधारमा यो साता नेप्सेमा आघिल्लो रातो क्याण्डल पछि इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी साता बजारले यो साताको उच्च विन्दु २६९० भन्दा माथि बन्द हुनु पर्नेछ ।  

बोलिङ्गर म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार लामो समयदेखि मध्य ब्याण्ड अर्थात २६९० विन्दु भन्दा माथि जान सकेको छैन । अपर ब्याण्ड र लोवर ब्याण्ड निकै साँघुरिएको छ । यसले बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा पनि हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई न्यूट्रल जोनमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा हालको बजार साइडवेजमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९४१

प्रतिरोध २ – २८५६

प्रतिरोध १–  २७७४

पिभट् प्वइन्टः २६८९

घटेमा सपोर्ट 

सपोर्ट १– २६०८

सपोर्ट २– २५२३

सपोर्ट  ३ –२४४१

निष्कर्षः यो साता नेप्से १४.४२ अंकले बढ्यो । अघिल्लो साता भने बजार ५२.१ अंकले घटेको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रपमा बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । पिभट् मार्फत नियाल्दा यो साता बजार  पिभट् प्वइन्ट २६८९ विन्दु भन्दा तल बन्द भएको छ ।  

विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट हेर्दा यो साता बजारमा १४ हप्ता पछिकै उच्च कारोबार भएको छ । यसले बजारमा स्मार्ट मनी पसेको देखिन्छ । पछिल्लो समय बजारमा लगानीकर्ताहरुले क्षेत्रगत रुपमा र स्क्रिप्टमा बढी ध्यान दिएको देखिन्छ । यो साता  बजार साइडवेज रहेता पनि जलविद्युत र लगानी उपसमूहमा बढी आकर्षण देखियो । प्राविधिक रुपमा बजारले अप ट्रेन्डनै लियो भन्ने निश्चित हुनलाई आगामी साता नेप्से पिभट् प्वइन्ट २६९० विन्दु भन्दा माथि लाग्नु पर्नेछ ।  

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा जलविद्युत, वित्त, लगानी , अन्य , होटल्स र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.