आईतवार, असार २९,२०८२ 09:40:49
  • आईतवार, असार २९,२०८२ 09:40:49
Global IME Bank Limited

ग्ल्यामरस सेयर बजार: आईपीओ आउनुअघि लगानी गरेर मालामाल बन्दै बलिउडका कलाकार

Hyundai Nepal
ग्ल्यामरस सेयर बजार: आईपीओ आउनुअघि लगानी गरेर मालामाल बन्दै बलिउडका कलाकार
Shivam Cement

काठमाण्डौ । बलिउड क्षेत्रका सेलिब्रेटीहरु चलचित्रको अभिनयबाट मात्रै नभई अन्य क्षेत्रबाट समेत मोटो रकम कमाईरहेका छन् । अहिले भारतीय चलचित्रका ठूला सेलिब्रेटीहरुले आईपीओ निष्कासनलाई आम्दानीको बलियो स्रोत बनाएका छन् ।  

यो सूचीमा अमिर खान,रणवीर कपुरदेखि लिएर अमिताभ बच्चन,क्टाट्रिना फ्याफ र दिपीका पादुकोण लगायत अन्य थुप्रै सेलिब्रेटी रहेका छन् ।  

पछिल्लो केहि समयदेखि भारतको आईपीओ बजारमा निरन्तर बहार देखिएको छ । आईपीओले लगानीकर्तालाई रातारात मालामाल बनाईरहेका छन् । यस्तोमा चलचित्र उद्योगदेखि खेल जगतका सफल व्यक्तिहरुले नयाँ–नयाँ कम्पनीमा लगानी गरेर आफ्नो सम्पत्ति श्रीवृद्धि गरिरहेका छन् ।  

उनीहरुले आईपीओ आउनुअघि नै स्टार्टअप कम्पनीहरुको स्वामित्व खरिद गरी सूचीकृत भएपश्चात लगानीलाई कयौँ गुणा बढाईरहेका छन् ।  

अमिर खान र रणवीर कपुरले ड्रोन बनाउने कम्पनी ड्रोन आचार्य एरियलमा लगानी गरेका छन् । उक्त कम्पनीमा यी दुईमध्ये अमिर खानले २५ लाख भारुमा ४६ हजार ६०० कित्ता र रणवीर कपुरले २० लाख भारुमा ३७ हजार २०० कित्ता सेयर खरिद गरेका छन् । दुवै जनाले आईपीओ निष्कासन अघि यो कम्पनीको सेयर प्रतिकित्ता ५३.५९ रुपैयाँमा खरिद गरेका थिए ।  

अहिले यो कम्पनीको सेयरमूल्य दोब्बर वृद्धि भएको छ । कम्पनीको सेयरमूल्य दोस्रो बजारमा १५५.८५ भारु पुगेको छ ।    

त्यस्तै रणवीर कपुरकी श्रीमती आलिया भटले पनि सन् २०२० जुलाईमा फाल्गुनी नायरको कम्पनी नायकामा ४.९५ करोड भारु लगानी गरेर सेयर खरिद गरेकी थिइन् । उनले पनि आईपीओ सूचीकरण हुनुअघि नै कम्पनीको सेयर खरिद गरेकी थिइन् ।  

आईपीओ सूचीकरण भएपछि कम्पनीको सेयरमूल्य १० गुणाले वृद्धि भएको छ ।  

अर्की नायिका कट्रीना क्याफले पनि सौन्दर्य सामाग्री निर्माण कम्पनीमा २ करोड भारु भन्दा बढी लगानी गरेकी छिन् । जसको मूल्य आईपीओ सूचीकरणपश्चात ११ गुणाले बढेको छ ।  

सिल्पा सेट्टीले पनि बालबालिका सामाग्री निमार्ण गर्ने कम्पनी ‘मामाअर्थ’को प्रतिकित्ता मूल्य ४१.६८ भारुमा १६ लाख कित्ता सेयर खरिद गरेकी छन् । यो कम्पनीले सेयर गत वर्ष ३३० भारुमा  सस्चीकृत भएको थियो । यस हिसाबले उनले करीब ४५ करोड भारुबराबरको नाफा आर्जन गरेकी छिन् ।  

बलिउडका अर्का नायक अजय देवगनले पनि चलचित्र प्रोडक्सन कम्पनी पानोरोमा स्टूडियोमा २.७४ करोड भारु लगानी गरेका छन् । उनले प्रतिकित्ता २७४ भारुमा १ लाख कित्ता सेयर खरिद गरेका छन् । ७ मार्चसम्म यो कम्पनीको सेयर प्रतिकित्ता ९९५ भारु रहेको छ । उनको लगानी बढेर ९ करोड रुपेयाँभन्दा बढी भएको छ ।  

सेयरमा लगानी गर्नेमा क्रिकेट खेलाडी सचिन तेन्डुल्कर पनि कम छैनन् । उनले पनि आजाद इन्जिनियरिङको आईपीओबाट राम्रो प्रतिफल हासिल गरेका छन् । उनले सन् २०२३ को प्री–आईपीओ राउण्डका क्रममा कम्पनीमा ४.९९ करोड भारु लगानी गरेका थिए । उनले त्यतिबेला प्रतिकित्ता ११४.१० भारुमा खरिद गरेको कम्पनीको सूचीकृत सेयरमूल्य गत वर्ष ७२० रुपैयाँ थियो । अहिले कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार २३५५.३० भारु पुगिसकेको छ । अर्थात उनको सम्पत्ति ५३ करोड वृद्धि भईसकेको छ ।  

बलिउडका महानायकका रुपमा परिचित अमिताभ बच्चनले पनि डीपी वायर्सको २ करोड ९८ लाख ५४५ कित्ता सेयर खरिद गरेका छन् । पछिल्लो ५ वर्षमा कम्पनीले ७४० प्रतिशत प्रतिफल दिइसकेको छ । अहिले कम्पनीमा बच्चनको स्वामित्व बढेर १.९३ प्रतिशत पुगेको छ ।-एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.