बिहीबार, असार १९,२०८२ 09:01:38
  • बिहीबार, असार १९,२०८२ 09:01:38
Global IME Bank Limited

पाँचौ दिनको वृद्धिका साथ साढे २ महिनापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, फाइनान्समा चमक

Hyundai Nepal
पाँचौ दिनको वृद्धिका साथ साढे २ महिनापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, फाइनान्समा चमक
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) बढेको छ । साताको पाँचौ दिन बढ्ने क्रममा आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१४ अंकले बढेर २ हजार ७०३ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे २ महिनामा २७ सय विन्दुमाथि टिकेको यो पहिलोपटक हो ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४६५.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘यसअघिका वर्षहरुमा पनि प्राय असारको तेस्रो साताबाट सेयर बजार बढ्ने गरेको थियो । अहिले पनि बजारमा त्यहि ट्रेण्ड देखिएको छ ।गभर्नर सकारात्मक रहेकाले बजारमा सुधार हुनेगरी प्याकेजमै मौद्रिक नीति आउने सम्भावनाका कारण बजारमा विश्वासको वातावरण बनेको छ ।’

उनले बैंकको प्रतिफल बढ्ने गरी मौद्रिक नीति आउने र लगानीकर्ताको हराएको १५ खर्बबराबरको पूँजी फिर्ता हुने विश्वास व्यक्त गरे । यही कारण आज बजार २७ सय विन्दुमाथि टिकेको उनले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार विनोद अर्यालले असार मसान्तको दबाबबाट बजार मुक्त हुँदै गरेको र मार्केट मेकरहरु बजार प्रवेश गर्दै गरेको बताए । ‘आउदै गरेको मौद्रिक नीतिमा लगानीकर्ताले सकारात्मक विश्वास गरेका छन् । जसका परिणाम बजारमा देखिएको छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक चमक देखियो । यो समूह आज ४.०९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.४८ प्रतिशत, विकास बैंक ०.८७, जीवन बीमा २.५६, उत्पादन तथा प्रशोधन ०.४१, म्युचुअल फण्ड १.२४,निर्जीवन बीमा २.२४ र अन्य समूह ०.१५ प्रतिशतले बढ्यो ।  

आज घटेका ५ वटा समूहमध्ये व्यापार समूहमा सर्वाधिक गिरावट देखियो । यो समूह आज ०.७५ प्रतिशतले घट्यो । यस्तै होटल समूह ०.१९, हाईड्रो ०.५५,लगानी ०.७१ र  लघुवित्त ०.०४ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ६८ लाख बढीको सेयर कारोबार भयो । साहस उर्जाको पनि आज २७ करोड २८ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख, राधी विद्युत कम्पनीको २३ करोड ११ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो । खानीखोला हाईड्रोको सेयरमूल्य पनि आज ७.१७ प्रतिशत,समृद्धि फाइनान्सको ७.०८ र भूगोल इनर्जीको सेयरमूल्य ६.७८ प्रतिशतले बढ्यो ।  

आज सप्तकोशी डेभलपमेन्ट बैंक सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावट आयो । यस्तै गुराँस लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशत, धौलागिरी लघुवित्तको ५.५५ र पाँचथर पावरको सेयरमूल्य ३.७९ प्रतिशतले घट्यो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.