आईतवार, असार २९,२०८२ 04:22:36
  • आईतवार, असार २९,२०८२ 04:22:36
Global IME Bank Limited

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाख ६१ हजार सदर आवेदकको हात खाली

Hyundai Nepal
विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाख ६१ हजार सदर आवेदकको हात खाली
Shivam Cement

काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Muktinath Bikas Bank Limited

यसमध्ये २० लाख ५६ हजार २०७ आवेदन सदर भएको र ९४ हजार ४६४ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ३६ लाख ५५ हजार ३७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले २९ लाख ४२ हजार ७६० कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख ६१ हजार ९३१ सदर आवेदकको हात भने खाली भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.