काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे ११ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, मियो सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै १ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.१० प्रतिशत सेयर खरिद भएको छ भने ५३.९० प्रतिशत सेयर बिक्री भएको छ ।
