शुक्रबार, श्रावण २,२०८२ 08:56:35
  • शुक्रबार, श्रावण २,२०८२ 08:56:35
Global IME Bank Limited

विश्वभरका बीमकहरुले ६ महिनामा व्यहोरे १०० बिलियन डलर घाटा, अमेरिकामा सबैभन्दा बढी

Hyundai Nepal
विश्वभरका बीमकहरुले ६ महिनामा व्यहोरे १०० बिलियन डलर घाटा, अमेरिकामा सबैभन्दा बढी
Shivam Cement

काठमाण्डौ । सन् २०२५ को पहिलो ६  महिनामा विश्वभरका बीमकहरुले १०० बिलियन डलरबराबरको क्षति व्यहोरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अर्थात ९२ बिलियन डलर आगलागी र आधितुफानबाट भएको क्षतिका लागि तिरेको एओनले सार्वजनिक गरेको ‘ग्लोबल क्याटास्ट्रोफ रिक्यापः फर्स्ट हाफ २०२५’नामक प्रतिवेदनमा उल्लेख छ ।   

 

Muktinath Bikas Bank Limited

यो वर्ष विश्वभरका बीमकहरुले व्यहोरेको घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । सन् २०२४ को पहिलो ६ महिनामा विश्वभरका बीमकहरुले ७१ बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए । बीमकहरुले सन् २०११ को पहिलो ६ महिनामा हालसम्मकै उच्च घाटा व्यहोरेका थिए । त्यसबेला बीमकहरुले १४० बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए ।  

रिपोर्टका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा बीमकहरुले अमेरिकाको क्यालिफोर्नियामा भएको भिषण आगलागीमा ४० बिलियन डलर घाटा व्यहोरेका थिए । अमेरिकामा घटेका १९ वटा प्रकोपको घटानमा १८ वटामा बीमकहरुले १ बिलियन डलरभन्दा बढी घाटा व्यहोरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.