मंगलवार, श्रावण ६,२०८२ 08:48:04
  • मंगलवार, श्रावण ६,२०८२ 08:48:04
Global IME Bank Limited

रसुवा बाढी : बीमकहरुमा पर्यो करिब २९ करोडको बीमा दाबी, सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा

Hyundai Nepal
रसुवा बाढी : बीमकहरुमा पर्यो करिब २९ करोडको बीमा दाबी, सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा
Shivam Cement

काठमाण्डौ । गत असार २३ गते रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बीमा कम्पनीमा करिब २९ करोड रुपैयाँबराबरको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार उक्त बाढीले पुर्याएको क्षतिका लागि बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँबराबर प्रारम्भिक बीमा दाबी परेको छ ।  

यस क्रममा कुल ६० वटा दाबी परेको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँबराबरका १० वटा दाबी परेका छन् ।  

Muktinath Bikas Bank Limited

यस्तै नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँबराबरका ३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार रुपैयाँबराबरका ७ वटा, नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार रुपैयाँबराबरका १२ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँबराबरका ६ वटा, आइजिआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँबराबरका ९ वटा बीमा दाबी परेको छ ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरका ३ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरका ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरका ७ वटा बीमा दाबी परेका छन् ।

बाढीले निजी तथा सार्वजनिक मोटरमा ठुलो सङ्ख्यामा क्षति पुर्याएको प्राधिकरणले जनाएको छ । सार्वजनिक मोटर बीमाअन्तर्गत कुल ३२ वटाको २ करोड ३१ लाख ५० हजार रुपैयाँ दाबी परेको छ भने मोटर बिमा निजीतर्फ ११ वटाको एक करोड १७ लाख ५० हजार रुपैयाँबराबरको दाबी परेको छ ।

प्राधिरणका अनुसार सामुद्रिक बीमाअन्तर्गत १५ करोड ७० लाख १० हजार रुपैयाँबराबरका ६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ५ करोड ५५ लाख रुपैयाँबराबरका ४ वटा र सम्पत्ति बीमाअन्तर्गत ४ करोड १८ लाख ५० हजार रुपैयाँबराबरका १० वटा दाबी परेका छन् ।    

गत असार २३ गते रसुवा जिल्लाको ल्हेन्देखोलामा बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.