काठमाण्डौ । साताको चौथो कारोबार दिन साढे १६ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकर कम्पनीहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज २ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.४६ प्रतिशत सेयर खरिद भएको छ भने ५१.५४ प्रतिशत सेयर बिक्री भएको छ ।
