काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे ७ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दिपशिखा धितोपत्र कारोबार कम्पनी र सुमेरु सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै १ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४३.४५ प्रतिशत सेयर खरिद भएको छ भने ५६.५५ प्रतिशत सेयर बिक्री भएको छ ।
