बुधबार, असार १८,२०८२ 04:39:49
  • बुधबार, असार १८,२०८२ 04:39:49
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि,जानकार भन्छन्,‘बजारमा अझै बुलिस मुभ देखिदैन’

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि,जानकार भन्छन्,‘बजारमा अझै बुलिस मुभ देखिदैन’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२७ अंक अर्थात ०.१५ प्रतिशतले बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ३६९.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको ७३ लाख ४१ हजार १९५ कित्ता सेयर २ अर्ब ८२ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘बजारमा खासै बुलिस मुभ देखिदैन । अहिलेको बजारमा ट्रेडर हाबी बन्दै गएको देखिन्छ । होटल हाईड्रो जस्ता लो क्याप कम्पनी मात्रै चलिरहेका छन् ।’

बजारको गति हेरेर लगानी गर्ने लगानीकर्ताले भने यहि बजारबाट पनि कमाईरहेको थापाले बताए । तर बैंक र ठूला कम्पनीमा लगानी गर्ने लगानीकर्ता भने निराश हुनुपरेको उनले बताए । ‘प्राविधिक रुपमा आजको बजारमा रिर्भसल प्रकृतिको क्यानडल बनेको छ । तर यो निश्चित भने भईसकेको छैन । बजार २१२५ भन्दा माथि गएको खण्डमा बुलिस मान्न सकिन्छ । अन्यथा बजार करेक्टिभ पनि हुन सक्ने देखिन्छ ।’ थापाले भने ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘बजार सर्पोट जोनबाट फर्किएको छ । प्यानिक सेल देखिदैन । नराम्रो समाचार नआए बजार माथि नै जान्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ९ वटा समूहमा हरियाली छायो भने अन्य ४ वटा समूहमा भने रातो पोतियो । आज विकास बैंक समूह सबैभन्दा धेरै बढ्यो । विकास बैंक समूह १.३० प्रतिशतले बढेको आज वित्त १.०८,होटल ०.९१,हाईड्रो ०.१७,जीवन बीमा ०.०५,लघुवित्त ०.६२,म्युचुअल फण्ड ०.०९,अन्य ०.३७ र व्यापार समूह ०.५० अंकले बढेको छ ।  

आज बैंक समूह ०.०३,लगानी ०.४६,उत्पादन तथा प्रशोधन ०.८२ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । शिवमको आज १९ करोड ९८ लाख बढीको सेयर कारोबार भयो । गोर्खाज फाइनान्सको १९ करोड ७८ लाख,सोनापुर मिनरल्सको १३ करोड ८ लाख, अपर तामाकोशीको ११ करोड ६० लाख र घोराही सिमेन्टको ७ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंक,पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

त्यस्तै मिड सोलु हाईड्रोको ७.१४ र हिमालयन हाईड्रोपावरको सेयरमूल्य ५.२३ प्रतिशतले बढेको छ ।  

यो दिन मानुषी लघुवित्तको सेयरमूल्यमा सर्वाधिह अर्थात ५.१५ प्रतिशतको सगरावट आएको छ ।  

त्यस्तै एनएमबी बैंकको सेयरमूल्य २.७३ प्रतिशत,सिंगटी हाईड्रोको २.४४ र मान्डु हाईड्रोको सेयरमूल्य २.३४ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.