सोमबार, असार ३०,२०८२ 01:44:47
  • सोमबार, असार ३०,२०८२ 01:44:47
Global IME Bank Limited

सेयर लगानीकर्ताद्वारा कर चुक्ताको अनलाइन क्यूआर कोडको माग

Hyundai Nepal
सेयर लगानीकर्ताद्वारा कर चुक्ताको अनलाइन क्यूआर कोडको माग
Shivam Cement

काठमाण्डौं । अहिले धेरै जस्तो काममा कर चुक्ता आवश्यक पर्ने गर्छ । पूँजीगत लाभकर पनि एउटा आम्दानीको स्रोत हो । यो कर अन्य कर भन्दा अझ बढी पारदर्शी हुन्छ । जुनसुकै प्रकारको कर्जा लिन होस् वा विदेश अध्यन वा भम्रण गर्न जाँदा कर चुक्ता आवश्यक हुन्छ । यसले व्यक्तीको वैध आम्दानी तथा सम्पत्ति देखिन्छ । 

पूँजीबजारमा पनि अल्पकालिन लगानीकर्ताहरुले साढे ७ प्रतिशत कर तिरका हुन्छन भने दीर्घकालिन लगानीकर्ताहरु ५ प्रतिशत कर तिरेका हुन्छन् । हाल यस्तो कर चुक्ताको प्रमाणपत्र लगानीकर्तालाई कर कार्यलयबाट कागजमा मात्रै दिने गरिएको छ । तर लगानीकर्ताहरले भने आफुहरुले तिरेको कर अब अनलाइन बाट जहाँबाट पनि हेर्न सकिने क्युआर कोर्ड सहितको पाउनु पर्ने माग गरेका छन् । अनलाइन क्युआर कोर्ड सहितको भएको खण्डमा विदेशी दुतावासहरुले पनि विश्वास गर्ने भएकाले लगानीकर्ताहरुले यस्तो माग गरेका हुन् । 

Muktinath Bikas Bank Limited

सेयर बजारमा सक्रिय लगानीकर्ता पुरुषोत्तम कंडेलले यो समस्याबाट आफु पनि प्रभावित बनेको बताए । उनले कर चुक्ता लिन कालीमाटी कर कार्यलय पुगेको तर कर कार्यलयले कागजी रुपमा कर चुक्ताको प्रमाण पत्र थमाइदिएको बताए । यसबाट कंडेलले कार्यालयमा असन्तुष्टी राखेको तर कर कार्यलयका कर्मचारीले यस विषयमा अर्थमन्त्रालयमा गुनासो राख्न भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएको बताए । 

कंडेल भन्छन,‘अरु करदातालाई क्युआर कोर्ड सहितको अनलाइन प्रमाण दिइन्छ । तर हामीलाई एउटा कागजमा मात्रै दिइन्छ । संसार डिजिटल भै सक्यो तर हाम्रो कर मात्रै असुल्ने कर कार्यलय अझै ढृुंगे युगमा नै छ ।’ कंडेल एक प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्ता अन्य कयौँ सेयर लगानीकर्ता समेत यस समस्याबाट प्रभावित छन् ।

यसै विषयमा बुझ्न खोज्दा यस अघिको डिजी दीर्घराज मैनालीले आफुले राजस्व बिभागमा नरहेको प्रतिक्रिया दिए भने हालका राजस्व विभागका प्रमूख भुपाल बराल सम्पर्कमा आउन चाहेनन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.