बुधबार, असार १८,२०८२ 10:36:41
  • बुधबार, असार १८,२०८२ 10:36:41
Global IME Bank Limited

परिसूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-'बाफियाको द्विविधाले घट्यो बजार’

Hyundai Nepal
परिसूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-'बाफियाको द्विविधाले घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अंक अर्थात ०.८३ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३६०.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । गत बिहिबार नेप्सेमा ४ अर्ब ३१ करोड बढीको कारोबार भएको थियो । 

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जय शम्भु)भन्छन्, ‘आज बजार घट्नुमा दुईवटा मुख्य कारण रहेका छन् । पहिलो भनेको बाफियाको विषयमा लगानीकर्तामा दुविधा उत्पन्न हुँदा बजारमा प्रभाव परेको छ । केहि नयाँ विषय  आउँदा त्यसबारे विस्तृत रुपमा बुझ्न लगानीकर्तालाई केहि समय चाहिन्छ ।’ उनले भने,‘दोस्रो भनेको चैत मसान्तको दबाव पनि हो । अर्थमन्त्रीले पनि बजार सुधारका लागि गरेको प्रतिवद्धता पनि पुरा हुने नदेखिएपछि बजारमा बिक्री दबाव परेको छ ।’

बैंकहरुको रिपोर्ट पनि खासै राम्रो आउने नदेखिदा लगानीकर्ता निराश बनेको र प्राविधिक रुपमा बजार अझै पनि डाउन ट्रेण्ड मै देखिएको थापाले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्,‘लगानीकर्ताले सरकारबाट ठोस कदमको अपेक्षा गर्दा बजार घट्न पुगेको छ । यसका साथै चैत मसान्तको प्रभावले पनि बजारमा दबाव सिर्जना भएको छ ।’    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह मात्रै बढे भने अन्य सबै समूह घटे । आज उत्पादन तथा ्प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह २.१९ प्रतिशतले बढेको आज होटल ०.४५,म्युचुअल फण्ड ०.१९ र व्यापार समूह ०.३० प्रतिशतले बढे ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज घलुवित्त समूहमा सबैभन्दा धेरै अर्थात २.२५ प्रतिशतको गिरावट आएको छ । बैंकिङ समूह १.२२, विकास बैंक १.४९,वित्त ०.८५,हाईड्रो १.१२,लगानी ०.३६, जीवन बीमा ०.९६,निर्जीवन बीमा ०.७७ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज २८ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ७८ लाख,सोनापुर मिनरल्सको ८ करोड १३ लाख,हिमालयन रिको ६ करोड २९ लाख र घोराहि सिमेन्टको ५ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु)र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९९ प्रतिशतले बढेको छ ।  

त्यस्तै तारागाँउ रिजेन्सी होटलको ८.०४ सिवाईसी लघुवित्तको ७.४२ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ६.२९ प्रतिशतले बढेको छ ।  

आज किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेको छ । यो दिन बुद्धभुमि हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत,आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.८२,गुँरास लघुवित्तको सेयरमूल्य ७.०१ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.