बुधबार, असार १८,२०८२ 10:45:51
  • बुधबार, असार १८,२०८२ 10:45:51
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘बाफिया बेमौसमी बाजा मात्रै’

Hyundai Nepal
दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘बाफिया बेमौसमी बाजा मात्रै’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १०.१४ अंक अर्थात ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ३६१.६३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आजको बजारमा हेर्दा लगानीकर्तामा अझै पनि आत्मविश्वासको कमी देखिन्छ । आज कारोबार रकम त्यति धेरै बलियो देखिदैन । यद्यपी आजको बजार हेर्दा केहि दिनदेखि निरन्तर घटिरहेको बजार थामिएको भने भन्न सकिन्छ । नयाँ परिणाम नआएसम्म बजार साइडवेज नै चल्ने देखिन्छ । ’

सरकारले संसदमा पेश गरेको बाफिया ऐनको उदेश्य राम्रो भएपनि यो बेमौसमी बाजा भएको उनले बताए । बजार अहिले निकै प्यानिक अवस्थामा बाफिया आउनुलाई साना लगानीकर्तालाई त्रसित पार्ने चलखेल पनि हुन सक्ने उनले आँकलन गरे ।  

अर्का बजार जानकार अर्जुन थापा पनि आज बजार बढेतापनि यसको दिगोपन नभएको बताउँछन् । उनले भने,‘अर्थमन्त्रीलाई बजारलाई पत्याएको जस्तो देखिदैन । क्याप हटाउने र जोखिम भार घटाउने काम यथासक्दो चाडो हुनुपर्ने देखिन्छ । यद्यपी वैशाखको तेस्रो त्रैमासको रिपोर्ट पछि मात्रै बजारले लय समात्ने छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छाएको छ भने अन्य सबै तीनवटा समूहमा रातो पोतिएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह २.११ प्रतिशतले बढेको आज बैंकिङ ०.०४, विकास बैंक ०.५१, होटल ०.४७,हाईड्रो १.५८,लगानी ०.४५,लघुवित्त ०.४२,म्युचुअल फण्ड ०.४६,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।  

आज वित्त समूह ०.०६ प्रतिशत,जीवन बीमा ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक अर्थात ९ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५७ लाख,जोशी हाईड्रोको ८ करोड २९ लाख,गोर्खा फा्रइनान्सको ८ करोड ७ लाख र हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३५ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन दोल्ती पावर र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९९ प्रतिशतले बढ्यो । आज विन नेपाल लघुवित्तको सेयरमूल्य ९.४३ प्रतिशत,पिपुल्स पावरको ७.७३ र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ६.७६ प्रतिशतले बढेको छ ।  

आज धौलागिरी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशतले घट्दा भगवति हाईड्रोका ४.७५ र मानुषी लघुवित्तको सेयरमूल्य ३.०६ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.