बुधबार, असार १८,२०८२ 10:20:19
  • बुधबार, असार १८,२०८२ 10:20:19
Global IME Bank Limited

टिक्न सकेन नेप्सेको वृद्धि,‘सिमेन्ट कम्पनीहरुमा नाफा बुक हुँदा घट्यो बजार’

Hyundai Nepal
टिक्न सकेन नेप्सेको वृद्धि,‘सिमेन्ट कम्पनीहरुमा नाफा बुक हुँदा घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्ेसे परिसूचक १०.८३ अंक अर्थात ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५९.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,‘अर्थमन्त्रीले बोले अनुसार नीतिगत परिवर्तन  केहि पनि भएको छैन । जसका कारण सेयर बजारमा केहि परिवर्तन भएको छैन । ठूला व्यवसायीहरु दबावमा पर्दे गएका छन् । आज सिमेन्ट कम्पनीहरुमा नाफा बुक हुँदा बजार घट्न पुगेको छ । ’

सरोकारवालाबाट गएको सुझाव सरकारले यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने गजुरेल बताउँछन् ।  

अर्का बजार जानकार निमानन्द कंडेल पनि नियमनकारी निकायबाट कुनै पहल नहँदा बजार घटेको बताउँछन् । उनी भन्छन्,‘सरकारले तत्कालै बैंकहरुलाई अल्पकालिन लगानी गर्ने बाटो खोलिदिने,जोखिमभार घटाउने र क्याप हटाउन र ब्रोकरहरुबाट मार्जिन कारोबारको व्यवस्था गर्ने हो भने बजारमा लगानीकर्ताको मनोबल बढ्न जान्छ र बजारमा सुधार आउँछ ।’  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूह आज ०.९१ प्रतिशतले बढेको छ ।  

आज सबैभन्दा धेरै गिरावट वित्त समूहमा देखिएको छ । वित्त समूह १.७२ प्रतिशतले घटेको आज बैंकिङ ०.५६ विकास बैंक १.२०, होटल ०.७४,हाईड्रो ०.३७,लगानी ०.६८,जीवन बीमा ०.७६,लघुवित्त ०.६९,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.५८,अन्य ०.५३ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ९ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । जोशी हाईड्रोको ८ करोड३२ लाख,सोनापुर मिनरल्सको ७ करोड ३३ लाख,हिमायन रिको ७ करोड १० लाख र गोर्खाज फाइनान्सको ५ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज सर्वोत्तम सिमेन्टको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै इष्टर्न हाईड्रोको सेयरमूल्य ७.२४,पिपुल्स पावरको ५.२२ र बलेफि हाईड्रोको सेयरमूल्य ४.२७ प्रतिशतले बढ्यो ।  

आज कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६६ प्रतिशतले घट्यो । यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य ३.९६ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३.७३ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.