काठमाण्डौ। अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा आप्रवासन कानुन उल्लंघन गरेका ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
डिपोर्ट गरिएकामध्ये ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरूमध्ये अधिकांश गैरकानुनी बाटो प्रयोग गरी अमेरिका प्रवेश गरेका थिए।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता आप्रवासन नीति थप कडा बनाइएपछि नेपाली डिपोर्टको संख्या बढ्दै गएको छ। ट्रम्पले २०२५ जनवरी २० गतेदेखि औपचारिक रूपमा राष्ट्रपति पद सम्हालेपछि मात्र ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्।

